‘कोशी’ नामाकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय
प्रकाशित मिति: शुक्रबार, चैत्र २४, २०७९ | १२:३४:३२
काठमाडौँ, २४ चैत । सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध भइरहेको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए । मन्त्रिपरिषद्ले मृतक लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय पनि गरेको छ। ‘कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बू (लाजिहाङ)लाई मन्त्रिपरिषद्बाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु,’ मन्त्री किराँतीले भने।
प्रकाशित मिति : शुक्रबार, चैत्र २४, २०७९ |
१२:३४:३२
4225