राष्ट्रिय सभाबाट बहुमतले बजेट पारित
प्रकाशित मिति: बिहिबार, आषाढ २८, २०८० | १८:०५:३८
काठमाडौं , २८ असार । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट राष्ट्रिय सभाबाट पारित भएको छ । योसँगै बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको हो ।
राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए ।
बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।
प्रतिनिधिसभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भइसकेको थियो । सरकारले गत जेठ १५ गते संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, आषाढ २८, २०८० |
१८:०५:३८
4643



















