एमाले अध्यक्ष केपी ओली कम्बोडिया जाने, यस्ता छन् सचिवालयका निर्णयहरू
प्रकाशित मिति: शनिबार, आषाढ ३०, २०८० | १९:०२:०४
काठमाडौँ, ३० असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन् । उनी मंगलबार कम्बोडिया जाने भएका हुन् ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने जनाएको हो ।
यस्तै, बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ । बैठकले स्थायी कमिटी सदस्यसमेत रहेका उनलाई बागमती इन्चार्जको जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति : शनिबार, आषाढ ३०, २०८० |
१९:०२:०४
4511



















