कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्न देउवाको प्रस्ताव
काठमाडौं , १ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् । देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा देउवाले भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा लाइभ गर्न प्रस्ताव गरेका हुन् ।
पदाधिकारी बैठकमा सहभागी पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सभापति देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेको सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
तर पदाधिकारीहरू भने यस प्रस्तावको पक्ष÷विपक्षमा उभिएको नेता डा. कोइरालाले बताए । ।
‘केन्द्रीय समिति बैठकको लाइभ गर्न सभापतिजीले प्रस्ताव गर्नुभो । लाइभ हुनेबित्तिकै नेताले आफ्नो हृदयबाट बोल्दैनन् । भोलिको दिन गरेर हेरौं भन्ने भयो त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने÷नदिने भन्ने कुरा भएको छ ।’
कोइरालाले बैठकमा प्रतिवेदन पेश भएपछि संघदेखि स्थानीय सरकारसम्मका कामकारबाहीको समीक्षा हुने बताए । नीति महाधिवेशनबारे अहिलेसम्म टुंगो नलागेको उनको भनाइ छ ।