ललिता निवास प्रकरण : नापी विभागका पूर्व कर्मचारी पक्राउ
प्रकाशित मिति: आइतबार, साउन ०७, २०८० | १३:२०:१२
काठमाडौं,०७ साउन । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यस प्रकरणमा नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्रेको हो ।
श्रेष्ठ नापी विभागका पूर्व कर्मचारी हुन्। ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति : आइतबार, साउन ०७, २०८० |
१३:२०:१२
5743



















