राष्ट्रपति पौडेललाई भेट्न पुगे चिनियाँ नेताको टोली
प्रकाशित मिति: आइतबार, साउन ०७, २०८० | १६:५१:१५
काठमाडौं,०७ साउन। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगर कमिटीका सचिव युआन च्या च्युनको टोली शितल निवास पुगेका छन् ।
आज बिहान मात्रै नेपाल भ्रमणमा आइपुगेका च्युनको भ्रमण टोलीमा २५ जना सदस्य रहेका छन् । उनको टोली पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने छ । नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ ।
नेपालमा भारत र अमेरिकी कूटनीतिको भ्रमण बाक्लो बन्दै गएको अवस्थामा चिनियाँ नेताहरूले नेपाल भ्रमणलाई तीव्रता दिँदै आएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ०७, २०८० |
१६:५१:१५
5325



















