नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जान तयार, के भयो सहमति ?
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० | १२:५२:३५
कैलाली , १६ साउन । सुदूरपश्चिम सरकार विस्तार बिहीबार हुने भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा भएको छलफलमा नाउपा प्रदेश सरकारमा सहभागी हुन तयार भएको हो।
नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको पार्टीको स्रोतले जनाएको छ ।
नाउपाले सरकारमा सहभागी हुन २ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। जसकारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन। अब भने सहमति भएको छ । सहमतिसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाउने भएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन १६, २०८० |
१२:५२:३५
8229



















