माओवादी केन्द्रीय समिति बैठक सुरू
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० | १३:३८:२२
काठमाडौं , १७ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रज्ञा भबन कमलादीमा बैठक सुरु भएको हो । ढेडवर्षपछि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको हो । २०७८ पुसमा महाधिवशेनपछि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको थियो । पदाधिकारी र स्थायी समिति सदस्य चयन गरेपछि केन्द्रीय समिति बैठक फेरि बस्न सकेको थिएन ।
माओवादीले मुख्यगरी समसामयिक राजनीतिक, सांगठनिक र आगामी योजनासम्बन्धी प्रस्ताव तयार गरेको महासचिव देव गुरुङले जानकारी दिए । निर्वाचन, सत्ता गठबन्धन, सरकार निर्माण र माओवादी नेतृत्वको सरकारको समीक्षा, प्रदेश र आफूले जितेका पालिकाको कामबारे पनि समीक्षा गर्ने तयारी छ । महाधिवशेनपछि हुन नसकेको नेताहरूको कार्याविभाजन यसपटक गर्ने प्रस्तावमा उल्लेख छ ।
प्रकाशित मिति : बुधबार, साउन १७, २०८० |
१३:३८:२२
1761