राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक जारी
काठमाडौं । लामो समय देखि अवरुद्द संसदको गतिरोध अन्तय गर्न प्रमुख दलहरुको बैठक सुरु भएको छ । सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउने बारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सुरु भएको हो। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक बसिरहेको छ।
हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिका कारण स्थगित भएको थियो। बैठकले सुन प्रकरणबारे छानबिन गर्न बनाइने उच्चस्तरीय समितिको टीओआरका बारेमा छलफल हुनेछ । टिओआर बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।
सोमबार बिहान बसेको कार्यदलको बैठकले आयोगको ड्राफ्ट तयार पारेको थियो। उक्त कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस गरेको बताइएको छ । त्यसलाई आजै टुंग्याएर संसद् खोल्ने तयारी छ।