प्रधानमन्त्रीसँग सातै प्रदेशका प्रमुखको बालुवाटारमा सामुहिक भेट
प्रकाशित मिति: सोमबार, भाद्र ११, २०८० | १५:४६:२२
काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुखहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सामुहिक भेटवार्ता गरेका छन् । उनीहरुले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन |
ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको आइतबार प्रधानमन्त्रीले उदघाटन गदै साँचे वितरण गरिएको थियो । उक्त कार्यक्रममा सहभागीताका लागि काठमाडौं आएका बेला प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीसँग सामुहिक भेटवार्ता गरेका हुन् । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई दिन तयार गरिएको भवन उद्घाटन गरेका हुन् ।
प्रकाशित मिति : सोमबार, भाद्र ११, २०८० |
१५:४६:२२
1101