नेपालसँग खेल्ने पाकिस्तानी टिममा को को छन् ?
प्रकाशित मिति: बुधबार, भाद्र १३, २०८० | १०:४०:११
काठमाडौं । पाकिस्तानले एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालसँग खेल्ने टोलीको प्लेइङ–११ सार्वजनिक गरेको छ । आज हुने खेलको प्लेइङ–११ पाकिस्तानले मंगलबार नै सार्वजनिक गरेको हो । बाबर आजमको कप्तानीमा रहेको टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक,आघा सलमान र इफ्तिखर अहमद छन् ।
यस्तै सदाब खान, मोहम्मद नवाज, नसिम शाह, ह्यारिस रौफ र साहिन शाह अफ्रिदी पनि प्लेइङ–११ मा छन् । नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगाशालमा नेपाल र पाकिस्तानबीचको खेल शुरू हुनेछ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो।
प्रकाशित मिति : बुधबार, भाद्र १३, २०८० |
१०:४०:११
903