समाजवादी मोर्चाले आज पोखरामा सन्देश सभा गर्ने
प्रकाशित मिति: शुक्रबार, भाद्र १५, २०८० | ९:०१:०९
पोखरा । समाजवादी मोर्चा नेपालले आज पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देश सभा गर्दैछ । पोखरा सभागृहमा मध्यान्ह १२ बजे हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । मोर्चाले हिजो कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरेको थियो । सो अवसरमा समाजवादी मोर्चाको कर्णाली प्रदेश कमिटी घोषणा पनि भएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १५, २०८० |
९:०१:०९
881