कानुन तथा न्याय सेवाका तीन सचिवको सरुवा
प्रकाशित मिति: शुक्रबार, भाद्र २२, २०८० | १८:०६:११
काठमाडौं । सरकारले कानून तथा न्याय सेवाका तीन सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगको सचिवमा सरुवा गरेको छ । सरकारले न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फणिन्द्र गौतमलाई न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणी सचिवमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २२, २०८० |
१८:०६:११
4621



















