ललिता निवास प्रकरणमा आज थुनछेक आदेश आउन सक्ने
प्रकाशित मिति: आइतबार, भाद्र २४, २०८० | १०:२९:४२
काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणको मुद्दामा आइतबार थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको छ । हिरासतमा रहेका १८ मध्ये १७ जना प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस शुक्रबार नै सकिएको छ। आइतबार शुरु मै समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेका तर्फबाट वकिलहरूले काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस थाल्नेछन् ।
उनको प्रतिरक्षामा बहस सकिएलगत्तै जाहेरीकर्ताका तर्फबाट र सरकारी वकिलले जबाफी बहस गर्नेछन् । त्यसपछि समय पुगेमा हिरासतमा रहेका १८ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी माग वा साधारण तारेखमा रिहा गर्ने भन्ने थुनछेक आदेश हुनेछ। मिलेमतोमा ललिता निवासको जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा गराएको पाइएको छ। २०४९ सालदेखि २०६९ सम्ममा जग्गा हिनामिना भएको हो ।
प्रकाशित मिति : आइतबार, भाद्र २४, २०८० |
१०:२९:४२
925