गैह्रीगाउँ हत्या प्रकरण : एक जना पक्राउ
प्रकाशित मिति: शनिबार, भाद्र ३०, २०८० | १०:२१:४२
काठमाडौँ, ३० भदौ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा चार जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । उनको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ ।
गए राति गैह्रिगाउँ स्थित दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो ।प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । उक्त मिल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका हुन् ।
प्रकाशित मिति : शनिबार, भाद्र ३०, २०८० |
१०:२१:४२
617