देशभरका स्वास्थ्य संस्थामा आज आकस्मिकबाहेकका सेवा बन्द
प्रकाशित मिति: आइतबार, भाद्र ३१, २०८० | ७:४९:०५
काठमाडौं । स्वास्थ्यकर्मीहरुको संगठन नेपाल चिकित्सक संघले आज आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा गत भदौं २७ मा दुई चिकित्सक कुटिएपछि चिकित्सक संघले विरोधमा देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न लागेको हो । यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै जनाएको छ।
घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो । देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ३१, २०८० |
७:४९:०५
3411