कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
प्रकाशित मिति: बिहिबार, आश्विन ०४, २०८० | १२:१७:५५
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुने बताइएको छ । यस्तै बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०४, २०८० |
१२:१७:५५
1387