ललित राजवंशीको शल्यक्रिया, एसियन गेम्स गुमाउने
प्रकाशित मिति: बिहिबार, आश्विन ०४, २०८० | १५:१६:४९
काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर ललितनारायण राजवंशी घाइते भएका छन् ।उनको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते भएका ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको छ । उनले कम्तिमा चार हप्ता मैदान बाहिर रहनुपर्ने बताइएकाे छ । यससँगै ललितले एसियन गेम्स गुमाउने भएका छन् । एसियाली खेलकुदमा पुरुष क्रिकेट यही सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म सञ्चालन हुने तालिका छ । नेपालले सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्दैछ ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०४, २०८० |
१५:१६:४९
2641