शान्ति प्रकृया टुंग्याउन दलहरु एकजुट हुनुपर्छ : तिमिल्सना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शान्ति प्रकृयाका बाँकी कामलाई टुंगोमा पु¥याउनका लागि सबै राजनैतिक दलहरुलाई एकै ठाउँमा उभिनु पर्ने बताएका छन् । त्रिभुवन बिश्व बिद्यालयको द्वन्द्व, शान्ति र बिकास विभाग र रोटरी क्लब जाउलाखेलले बिहीबार काठमाण्डौमा आयोजना गरेको ‘बृहत शान्ति सम्मेलन २०८०’ मा बोल्दै अध्यक्ष तिमिल्सिनाले राजनैतिक दलले दलीय स्वार्थ त्यागेर शान्ति प्रकृयाका बाँकी काम पुरा गर्न आग्रह गरे ।
उनले दलहरुले आफ्ना मानिसलाई उन्मुक्ति दिने उद्देश्य राखेकै कारण शान्ति प्रकृयाका बाँकी काम पुरा हुन नसकेको बताए । ‘सबै दलहरु पिडीतलाई न्याय दिने र पिडकलाई सजाय दिन एकै ठाउँमा उभिनुपछ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘सबै दलले पिडित जो भएपनि मेरा हुन, र पिडक जो सुकै हुन मेरा होइनन् भनेर जाँदा समस्या समाधान हुन्छ ।’ उनले शसस्त्र द्वन्द्वका पिडीतहरुका समस्या सुृन्न र सम्बोधन गर्न तयार नभएकै कारण शान्ति सम्झौतामा हस्ताक्षर गर्ने राज्य र बिद्रोही पक्ष अहिले सहकार्य गरिरहेको बेला पनि समस्या समाधान हुन नसकेको बताए ।
अध्यक्ष तिमिल्सिनाले दलहरुले अन्तहिन दाउपेच छाडेर पिडीतहरुले उठाउँदै आएका माग सम्बोधन गर्न चरणबद्ध छलफल गर्न पनि आग्रह गरे । संसदीय समितिमा पिडीतका मुद्दाहरुमा चरणबद्ध रुपमा छलफल गर्ने र निकास निकाल्नु नै अहिलेको उत्तम बिकल्प भएको उनले सुझाए । उनले सत्तामा पुग्न र सत्ताबाट गिराउनका लागि दलहरु बढी सक्रिय भएकाले शान्ति प्रकृया ओझेलमा पार्न गएकोतर्फ सचेत पनि गराए ।
द्वन्द्वबिद् डा. बिष्णुराज उप्रेतीले प्रस्तुत गरेको ‘शान्ति सम्झौता कार्यान्वयनका १७ बर्ष, उपलब्धी, चुनौती र अगाडीको बाटो’ बिषयका कार्यपत्र माथि शान्ति सम्झौताको समयमा मध्यस्तकर्ता र वार्ता समितिका सदस्यहरु लगायत राजनितीशास्त्रीहरुले टिप्पणी गरेका थिए । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरुबीच दृढ इच्छाशक्ति सहित शान्ति र न्यायको भावनालाई आत्मासाथ गर्न सके समस्या समाधान गर्न सहज रहेको धारणा ब्यक्त गरे ।
नेकपा(एमाले)का उपमहासचिब प्रदीपकुमार ज्ञावलीले सहमतिका नाममा प्रधानमन्त्री हतारिएको र एउटै बिषयमा मात्रै सहमति खोज्दा समस्या समाधान नभएको आरोप लगाए । उनुभयो । नेकपा माओबादी केन्द्रका महासचिब देव गुरुङ्गले शान्ति प्रकृयाको अन्तरबस्तुमा दलहरुका बिचमा बिमती नरहेको तर प्रकृयामा मात्रै बिमती रहेका कारण समस्या समाधान नभएको बताए ।