प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनका बीचमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री र त्यहाँका राष्ट्रपतिका बीचमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति जो बाइडेनका बीचमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा श्रीमती जिल बिडेन र प्रधानमन्त्री प्रचण्डको छोरी पनि सहभागी भएका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गरिसकेका छन् । उनी आजै त्यतैबाट सिधै चीन भ्रमणमा निस्कनेछन् । प्रधानमन्त्री भदौं ३० मा अमेरिका प्रस्थान गरेका थिए । अमेरिकाबाट आजै चीन भ्रमणमा निस्कने प्रधानमन्त्री असोज १३ मा मात्रै काठमाडौं फर्किनेछन् ।