एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै
प्रकाशित मिति: शुक्रबार, आश्विन ०५, २०८० | १२:३६:४०
काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ बजे शुरू हुनेछ । चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०५, २०८० |
१२:३६:४०
1717