सरकारले जनता हेरेको छैन, सुन हेरिरहेको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले जनता होइन सुन हेरिरहेको बताएका छन् |ओखलढुंगामा आइतबार गुरू लुइँटेल स्मृति पार्क उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई नहेर्ने सरकारलाई तत्काल हटाउनु पर्ने बताए । ‘अहिलेको सरकार बसिरहन हुन्छ ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ ?,’ ओलीले भने, ‘तपाईं–हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो।’
सरकारले जनता नहेरेको तर सुन हेरिरहेको ओलीले लगाए । ‘यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भने। ब्रेक शुदेखि इलेक्ट्रिक भेपसम्ममा सुन आइरहेको ओलीको भनाइ छ। ‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो– माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी र परिवर्तनकारी सरकार। कस्तो, भ्रष्टाचारी र तस्करी।’