राष्ट्रपति पौडेल आज जनकपुरधाम आउँदै
प्रकाशित मिति: सोमबार, आश्विन ०८, २०८० | ९:५२:०१
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम आउँदै छन् । जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम आउन लागेका हुन् । यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन ०८, २०८० |
९:५२:०१
1541