नेपाल र चीनबीच १३ बुँदे सम्झौता
प्रकाशित मिति: सोमबार, आश्विन ०८, २०८० | १४:४६:५९
काठमाडौं । नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ। बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।कृषि, पूर्वाधार, विद्युतलगायतका परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। १२ परियोजनामा सम्झौता र एउटामा लेटर अफ एक्सचेन्ज गरी १३ बुँदे सम्झौता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





प्रकाशित मिति : सोमबार, आश्विन ०८, २०८० |
१४:४६:५९
2267