नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनल प्रवेश
प्रकाशित मिति: सोमबार, आश्विन ०८, २०८० | १६:४४:२२
काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हरायो ।नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । प्रशान्तले १६औं मिनेटमा, २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा र ८८औं मिनेटमा निराजनले नेपालका लागि गोल गरे । ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको थियो ।
प्रकाशित मिति : सोमबार, आश्विन ०८, २०८० |
१६:४४:२२
1145