कांग्रेसले बनायो महासमिति बैठक तयारी गर्न चार वटा समिति
प्रकाशित मिति: सोमबार, आश्विन ०८, २०८० | २२:००:५१
काठमाडौं । नेपाली कांग्रेसले मंसिरमा हुने महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय सोमबारको केन्द्रीय समिति बैठकले गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारी दिए ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठनको निर्णय भएको विश्वकर्माले जानकारी दिए । महामन्त्री गगन थापाको नेतृत्वमा संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन गर्ने केन्द्रीय समिति बैठकले गरेको छ । आवश्यकता अनुसार अन्य समिति गर्ने गर्ने जिम्मेवारी बैठकले सभापति देउवालाई दिएको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन ०८, २०८० |
२२:००:५१
1959