एमाले बागमतीको अधिवेशनमा बन्दसत्र सुरु
प्रकाशित मिति: मंगलबार, आश्विन ०९, २०८० | १५:००:१५
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी अधिवेशनको बन्दसत्र सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र सुरु भएको हो । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार गरेका थिए । एमालेले अधिवेशनमा कसैलेपनि प्यानल बनाएर उम्मेदवारी दिन नपाउने निर्णय गरेको छ । बन्दसत्र सुरु भएसँगै अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०९, २०८० |
१५:००:१५
1739