एकीकृत समाजवादीको १५ दिने समाजवादी जागरण अभियान कार्यतालिका सार्वजनिक
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १५ दिने समाजवादी जागरण अभियान २०८० को कार्यतालिका सार्वजनिक भएको छ । यही असोज १४ गतेदेखि ९ सय किलोमिटर लामो ‘समाजवादी जागरण अभियान २०८०’ नामक जनअभियान सञ्चालन गर्ने भएको छ । मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने गरीको कार्यतालिका रहेको छ । असोज १४ गते भिन्न – भिन्न समयमा काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटनगरचोक, असोज १५ गते इटहरी, इनरुवा, भारदह र राजविराजमा जागरण अभियान सञ्चालन हुनेछ ।
असोज १६ गते बिहान राजविराज, असोज १७ मा जनकपुर, १८ गते रौतहट, १९ गते पथलैया, २० गते कावासोती, बर्दघाट लगायतका विभिन्न स्थानमा जागरण अभियान सञ्चालन हुनेछ । असोज २१ गते भैरहवा, बुटवल, २२ गते सैनामैना, चन्द्रौटा, २३ गते घोराही, तुलसीपुर, २४ गते नेपालगञ्ज, २५ गते राजापुर, टिकापुर, २६ गते लम्की, सुख्खड, २७ गते पुनर्वास, झलारी र २८ गते छिन्चु, सुर्खेत, वीरेन्द्रनगर लगायतका स्थानमा जागरण अभियान सञ्चालन हुनेछ । शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने एकीकृत समाजवादीले जनाएको छ ।