प्रतिनिधि सभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस गरिने
प्रकाशित मिति: आइतबार, आश्विन १४, २०८० | १०:००:०४
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरमा बस्ने भएको हो । सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ । यस्तै आजै ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन १४, २०८० |
१०:००:०४
2553