कर्णाली एमाले अधिवेशन : अझै सुरु भएन मतगणना
प्रकाशित मिति: सोमबार, आश्विन १५, २०८० | १२:०२:५१
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन। आइतबार भएको मतदानको गणना आज बिहान ८ बजेबाट गर्ने भनिएपनि अहिलेसम्म सुरु हुन सकेको छैन् । मतगणनाका लागि अहिले बैठक बसिरहेको र बैठक सकिए लगत्तै गणना सुरु हुने प्रदेश अधिवेशन निर्वाचन कमिटीले जनाएको छ। कर्णालीमा प्रदेश कमिटीको अध्यक्षका लागि ३ जना प्रतिस्पर्धामा छन्। मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाबीच प्रतिस्पर्धा भइरहेको हो । त्यस्तै उपाध्यक्षमा टेकराज पछाई, दानसिंह परियार र लालबहादुर महाताराबीच प्रतिस्पर्धा छ। सचिवमा ध्रुवकुमार शाही र रुद्रबहादुर शाही उम्मेदवार छन्। यहाँ आइतबार ६१६ जना मतदातामध्ये ६०९ जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति : सोमबार, आश्विन १५, २०८० |
१२:०२:५१
1871