माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रकाशित मिति: सोमबार, आश्विन १५, २०८० | १५:००:४०
काठमाडौँ, १५ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियान, विद्यालय शिक्षा विधेयक लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा सबै प्रदेश इन्चार्जले एक महिनाको समीक्षा रिपोर्ट प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन १५, २०८० |
१५:००:४०
2069