एमाले कोशीको अध्यक्षमा खतिवडा विजयी
प्रकाशित मिति: मंगलबार, आश्विन १६, २०८० | १०:००:३५
विराटनगर । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । उनी अर्का प्रतिस्पर्धी विनोद ढकाललाई ७३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले कुल ५१२ मत प्राप्त गरेका थिए भने ढकालले ४३९ मत पाएका थिए । एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो । त्यसैगरी प्रदेश सचिवमा राजकुमार भण्डारी र उपसचिवमा जलवर्षा राजवंशी र देवान राई विजयी भएका छन् ।
प्रकाशित मिति : मंगलबार, आश्विन १६, २०८० |
१०:००:३५
1937