प्रधानमन्त्री प्रचण्ड भोलि भूकम्प प्रभावित बझाङ जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रवार भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री बझाङ जाने कार्यक्रम तय भएको बताए । ‘प्रधानमन्त्री शुक्रवार बझाङ जाने कार्यक्रम तय भएको छ,’ मल्लले भने,–‘उहाँले त्यहाँको आफै स्थलगत अध्ययन पनि गर्नुहनेछ ।’ आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्रीले एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए । मंगलबार दिउँसो ३: ०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।