प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रकाशित मिति: शनिबार, आश्विन २०, २०८० | १२:४७:४७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। साथै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित मिति : शनिबार, आश्विन २०, २०८० |
१२:४७:४७
1585