प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्य : चन्दन लगाउँदैमा र मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैन
कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई गेरुवस्त्र लगाएरमात्रै पाप नकट्ने भन्दै व्यङ्ग्य गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन उदघाटन गर्दै अध्यक्ष ओलीले अहिले मुलुकका सरकार छ भन्ने अनुभूति जनताले पाउन नसकेको बताए । ‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेरमात्रै हुन्छ ?’, ओलीले भने, ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन ।’
ओलीले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्दै प्रधानमन्त्री दाहाल देश र जनतालाई आशा जगाउने बेलामा भ्रमणमा केन्द्रित भएको आरोप लगाए । वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको ओलीको भनाइ थियो । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीले बताए । ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पु¥याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ’, ओलीले भने, ‘देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पु¥याउनु हुँदैन ।’