इजरायलमा रहेका नेपालीको अवस्था पहिचान र उद्धारलगायतका विषयमा छलफल गर्न बैठक जारी
प्रकाशित मिति: सोमबार, आश्विन २२, २०८० | ११:२८:३७
काठमाडौं । इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बैठक मन्त्रालयमा बसिरहेको छ।परराष्ट्रमन्त्री एनपी साउदज्यूको संयोजकत्वमा गठित समन्वय संयन्त्रको जारी बैठकमा इजरायल रहेका नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्दार गर्ने लगायतका विषयमा आवश्यक छलफल भइरहेको हो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गर्दै नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नु पर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण काम गर्ने बताइएको छ । सरकारले आइतबार मन्त्रीको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।
प्रकाशित मिति : सोमबार, आश्विन २२, २०८० |
११:२८:३७
1849