राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीबारे चासो
प्रकाशित मिति: सोमबार, आश्विन २२, २०८० | १८:२८:१८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो राखेका छन्। सोमबार परराष्ट्रमन्त्री एनपी साउदलाई शितल निवास बोलाएर राष्ट्रपति पौडेलले नेपालीहरूको अवस्थाबारे चासो राखेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इजरायलमा रहेका नेपालीहरूलाई उद्धार, स्वदेश फिर्ता, मृतकका परिवारलाई राहत लगायतका विषयमा राष्ट्रपतिले मन्त्री साउदसँग चासो राखेका हुन् ।
शनिबार हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रपतिले घाइतेहरूको उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्। इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि सरकारलाई राष्ट्रपतिले आग्रह गरेका छन्।
प्रकाशित मिति : सोमबार, आश्विन २२, २०८० |
१८:२८:१८
3873