इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
प्रकाशित मिति: मंगलबार, आश्विन २३, २०८० | ९:००:३३
काठमाडौं । सरकारले आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपाली मारिएको घटनामा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । ‘असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय भएको छ’, उनले भनेकी छन् । देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झसरण्ण्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा आज(मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो । हमासको आक्रमणमा परी शनिबार १० जना नेपालीको मृत्यु भएको थियो ।
प्रकाशित मिति : मंगलबार, आश्विन २३, २०८० |
९:००:३३
8515



















