आइक्यापको बैठक काठमाडौं बस्ने
काठमाडौं । एसियाली राजनितिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४० औं स्थायी कमिटि तथा एसिया युरोप पोलिटिकल फोरमको पाचौं वार्षिक बैठक काठमाडौंमा आयोजना हुने भएको छ । बिहिबार नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रेस वक्तव्य जारी गर्दै उक्त बैठक यहि असोज २६ देखी २८ गते सम्म काठमाडौंमा हुने जनाएको छ । उक्त बैठकमा दुई महादेशका साझा भविष्यको निम्ती एसिया र युरोपका राजनितिक दलका नेता तथा विज्ञहरुका बिच सासामयिक विषयमा छलफल हुने छ ।
जस्मा चिन , दक्षिण कोरिया , भियतानाम ,इण्डोनेसिया, थाइल्याण्ड , पाकिस्तान, लेवनान, चेक गणतन्त्र , नेदरल्याण्ड लगायतका विभिन्न मुलुकका २६ वटा राजनितिक दलका नेता मन्त्री तथा संसदहरु गरि ५० जना भन्दा बढीको सहभागिता रहने उक्त बैठकको उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाईएको छ ।