कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत जारी
प्रकाशित मिति: शनिबार, आश्विन २७, २०८० | १०:०९:४८
विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ ।
मुख्यमन्त्रीका दुई उम्मेदवारहरू इन्द्र आङ्बो र केदार कार्कीलाई समर्थन गर्ने सांसदहरूको सनाखत सुरु भएको हो।
खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन्।
कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए । उक्त दाबी अनुसार कार्की पक्षका सांसद प्रदेश प्रमुखको कार्यालयमा बिहानै सनाखतका लागि पुगेका छन् । अहिले उनीहरुको सनाखत कार्य भइरहेको छ ।
तर अल्पमतमा परेपछि गठबन्धनका तर्फबाट दाबी पेस गरेका नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो अल्पमतमा परेपछि उनी पक्षका प्रदेशसभा सदस्य सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय गएका छैनन्।
प्रकाशित मिति : शनिबार, आश्विन २७, २०८० |
१०:०९:४८
1695