मलाई र स्वर्णिमलाई हराउन बनेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ : रवि लामिछाने
प्रकाशित मिति: शनिबार, आश्विन २७, २०८० | १२:२९:२१
काठमाडौँ । राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा एमालेको सहगोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबनधनले सार्थकता पाएको टिप्पणी गरेका छन् ।
गठबन्धनको सहमतिविपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘गत उपनिर्वाचनमा मलाई र डा स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठवन्धनुले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
प्रकाशित मिति : शनिबार, आश्विन २७, २०८० |
१२:२९:२१
2531