समाजवादी मोर्चाको सन्देशसभा आज धनगढीमा
प्रकाशित मिति: सोमबार, आश्विन २९, २०८० | ९:४८:४२
काठमाडौं । समाजवादी मोर्चाको गत भदौमा स्थगित भएको प्रदेशस्तरीय सन्देश सभा सोमबार हुँदैछ । कैलालीको धनगढीमा सभा हुन लागेको हो ।
भदौ १३ गते उपेन्द्र यादव बाहिर भएकाले र र भदौ २६ मा नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण सभा स्थगित भएको थियो ।
सोमबार १ बजे धनगढीस्थित सौराही पार्टी प्यालेसमा हुने सभामा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सभाको प्रमुख अतिथि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् भने विशिष्ट अतिथिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहने भएका छन् ।
त्यस्तै वक्ताका रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सहभागी हुँदैछन् ।
प्रकाशित मिति : सोमबार, आश्विन २९, २०८० |
९:४८:४२
1805