प्रधानमन्त्री प्रचण्ड आज कैलाली जाँदै
प्रकाशित मिति: सोमबार, आश्विन २९, २०८० | ९:५९:३९
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली जाँदै छन् । समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज कैलालीकाे धनगढी जान लागेका हुन् ।
कार्यतालिका अनुसार प्रधानमन्त्री धनगढीबाट सिँधै लम्की प्रस्थान गर्ने छन्। लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
अपरान्ह १२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनी करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन्। उनकाे आज नै ५ः३० बजे श्री एयरलाइन्सको उडानबाटै काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ।
प्रकाशित मिति : सोमबार, आश्विन २९, २०८० |
९:५९:३९
1805