प्रधानमन्त्रीले आज गैरआवासीय नेपाली नागरिकता वितरण शुभारम्भ गर्ने
प्रकाशित मिति: मंगलबार, आश्विन ३०, २०८० | ९:४९:११
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् ।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ८ वजे नागरिकता वितरण कार्यको शुभारम्भ गरिने प्रधानमन्त्री जनाइएको हो ।
आजैबाट गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।
प्रकाशित मिति : मंगलबार, आश्विन ३०, २०८० |
९:४९:११
1453