प्रधानमन्त्री मुस्ताङ हिँडेपछि छोरीहरु दिल्लीतिर
काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ मुुस्ताङ पुगेका बेला प्रधानमन्त्रीका छोरीहरु भने नयाँ दिल्ली उडेका छन् । प्रचण्ड आज राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुुन मुस्ताङ पुगेका छन् ।
कैलाली भ्रमण सकेर मंगलबार काठमाडौं आईपुगेका प्रधानमन्त्रीको साँझ छातीमा असहज महसुस भएपछि स्वास्थ्य परिक्षण गरिएको थियो ।थापाथलीस्थित कोरोनरी एन्जियोग्राम गर्दा मुटु सामान्य अवस्था मै देखिएपछि उनी साँझ नै निवास फर्केर आज बिहानै मुस्ताङ प्रस्थान गरेका थिए । उनी अहिले मुस्ताङ पुगिसकेका छन् । प्रधानमन्त्रीका स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र भारतपुर महानगरपालिकाका मेयर समेत रहेकी अर्की छोरी रेनु दाहाल भने आज बिहान नयाँ दिल्लीतिर हिँडेका छन् ।
रेनु र गंगा आज बिहान ९ बजे नेपाल एयरलाइन्सको जाहाजबाट नयाा दिल्ली प्रस्थान गरेका हुन् । यो टोलीमा पारिवारिक सदस्यहरु मात्रै ६ जना रहेका छन् । भारतपुर महानगरपालिकाका मेयर रेनु दाहालको आँखाको उपचारका लागि भन्दै टोली दिल्ली हिडेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । उनीहरु दुई दिन दिल्ली बसेर ३ गते मात्र काठमाडौं फर्किने गरि हिडेको बताइएको छ ।