एमालेको चियापान कार्यक्रम १५ गतेलाई सर्यो
प्रकाशित मिति: शुक्रबार, कार्तिक १०, २०८० | १०:१८:४५
काठमाडौं । नेकपा एमालेको चियापान कार्यक्रम सरेको छ। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कात्तिक १४ गते दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा राखिएको चियापान कार्यक्रम १५ गतेलाई सरेको हो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे चियापान कार्यक्रम सारिएको बताइएको छ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठीक सवा १२ बजेदेखि सुरु हुने तय भएको छ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १०, २०८० |
१०:१८:४५
2795