सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य
प्रकाशित मिति: सोमबार, कार्तिक १३, २०८० | ११:२०:०६
काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत जारी खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो।
सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ रन जाेडे । यस्तै मनप्रित सिंहले २४ र जनक प्रकाशले ७ रन बनाए । नेपालका अविनाश बोहराले सर्विधक ३ विकेट लिए । यस्तै करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट हात पारे ।
प्रकाशित मिति : सोमबार, कार्तिक १३, २०८० |
११:२०:०६
3257