राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
प्रकाशित मिति: मंगलबार, कार्तिक १४, २०८० | १०:०१:२१
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुबै सदनलाई मंगलबार सम्बोधन गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । बैठक प्रारम्भ भएसँगै महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि छ ।
उनको सम्बोधन लगत्तै सोही बैठकले उनलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ। महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राख्नेछ । चार दिने नेपाल भ्रमणमा आएका गुटेरेस बुधवार फर्कदैछन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १४, २०८० |
१०:०१:२१
3587