प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रकाशित मिति: मंगलबार, कार्तिक २१, २०८० | ९:२६:२८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठकमा बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि प्रधानमन्त्रीले सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २१, २०८० |
९:२६:२८
3169