नेपाल यू-१९ एसिया कपमा भारत र पाकिस्तान भएको समूहमा
प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०८० | १६:३७:००
काठमाडौं । यू–१९ एसिया कप २०२३ को खेल तालिकामा नेपाल समूह ‘ए’मा परेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले सार्वजनिक गरेको तालिका अनुसार नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल–२ मा खेल्नेछ ।
दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ । समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन् । फाइनल पुस १ मा हुनेछ । नेपालले सन् २०२४ को जनावरीमा श्रीलंकमा यू–१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो । नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो ।
प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०८० |
१६:३७:००
3917